सुदूर पश्चिम प्रदेशको सीमान्त जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका
वडानम्बर ४ महेन्द्रनगरमा यस क्षेत्रका अग्रणी शिक्षाप्रेमी, संस्कृत प्रेमी र बुद्धि जीवीहरूको
सक्रियतामा वि.सं. २०४८ सालमा यस क्षेत्रकै प्रथम उच्च कोटिको संस्कृत अध्ययन अध्यापन गर्ने शैक्षिक
संस्थाका रूपमा शारदा विद्यापीठ स्थापना भएको हो । यस विद्यापीठको स्वामित्वमा नगर विकास समितिले प्रदान
गरेको ८ विघा ४ कट्टा जग्गा रहेको छ ।
प्रारम्भिक चरणमा व्याकरण र साहित्य विषय पठनपाठन भएको थियो । जसमा १६ जना छात्र छात्राहरूबाट सुरुवात
भएको थियो । विद्यार्थीको बढ्दो चापलाई दृष्टिगत गरी २०५२ मा छात्रावासको निमार्ण भयो र शै.स २०५५ । ०५६
मा यस विद्यापीठमा शास्त्री तहको पठन-पाठन सञ्चालनमा आएको एवं वि.सं.२०५ ७ साल देखि एक वर्षे बी.एड् तह
र वि.सं. २०६९ सालदेखि शास्त्री तहमा फलितज्यौतिष विषयको पठनपाठन समेत भइरहेको कुरा जानकारी गराउँदछौँ ।
हाल २०८० सालमा यस विद्यापीठमा शास्त्री तहमा २५ तथा एक वर्षे बी. एड् तहमा २९० र प्राक् शास्त्रीतर्फ
१२ गरी जम्मा ३२७ छात्रछात्राहरू अध्ययनरत छन् भने ११ जना शिक्षक तथा १२ जना कर्मचारीहरू कार्यरत रहेका
छन् ।
(क) विद्यापीठको भौतिक संरचना
हाल यस विद्यापीठको प्रशासनिक भवन, शिक्षण भवन, छात्रावास भवन, शिक्षक कर्मचारी आवास, प्राचार्य
आवास, विद्यापीठको मूल र सहायक गेटमा चौ कीदार आवास, छात्रावासमा ५ कोठे भान्छाघर र ३ कोठे शौचालय
रहेको तथा विद्यापीठको चारैतर्फको साँध सिमानामा पक्की पर्खाल निर्माण कार्य सम्पन्नतर्फ उन्मुख
रहेको
छ ।
(घ) पुस्तकालय
यस विद्यापीठमा रहेको पुस्तकालयमा संस्कृततर्फ करिव ६००० र बी.एड तर्फ गरी १८०० जम्मा ७८००
पुस्तकहरू रहेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका
उद्देश्यहरू
- नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको
पठन–पाठन गराई दक्षजनशक्ति उत्पादन गर्ने,
- संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष
उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै ‘वसुधैव कुटुम्बकम्,
सर्वे भवन्तु सुखिनः’जस्ता उदात्त भावना प्रवाहित गराउने,
- नेपालमा अति प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको
गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत् आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय
आवश्यकता परिपूर्ति गर्ने,
- सामाजिक आश्यकताअनुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय
तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान
तथा प्रशिक्षण गराई ज्ञान–विज्ञानका पक्षहरूलाई उजागर गर्ने,
- प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक
मूल्य–मान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी
तिनको संरक्षण र सम्बद्र्धन गर्ने,
- विश्वविद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रका रुपमा विकसित गर्ने
।