सुदूर पश्चिम प्रदेशको सीमान्त जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका वडानम्बर ४ महेन्द्रनगरमा यस क्षेत्रका अग्रणी शिक्षाप्रेमी, संस्कृत प्रेमी र बुद्धि जीवीहरूको सक्रियतामा वि.सं. २०४८ सालमा यस क्षेत्रकै प्रथम उच्च कोटिको संस्कृत अध्ययन अध्यापन गर्ने शैक्षिक संस्थाका रूपमा शारदा विद्यापीठ स्थापना भएको हो । यस विद्यापीठको स्वामित्वमा नगर विकास समितिले प्रदान गरेको ८ विघा ४ कट्टा जग्गा रहेको छ । प्रारम्भिक चरणमा व्याकरण र साहित्य विषय पठनपाठन भएको थियो । जसमा १६ जना छात्र छात्राहरूबाट सुरुवात भएको थियो । विद्यार्थीको बढ्दो चापलाई दृष्टिगत गरी २०५२ मा छात्रावासको निमार्ण भयो र शै.स २०५५ । ०५६ मा यस विद्यापीठमा शास्त्री तहको पठन-पाठन सञ्चालनमा आएको एवं वि.सं.२०५ ७ साल देखि एक वर्षे बी.एड् तह र वि.सं. २०६९ सालदेखि शास्त्री तहमा फलितज्यौतिष विषयको पठनपाठन समेत भइरहेको कुरा जानकारी गराउँदछौँ । हाल २०८० सालमा यस विद्यापीठमा शास्त्री तहमा २५ तथा एक वर्षे बी. एड् तहमा २९० र प्राक् शास्त्रीतर्फ १२ गरी जम्मा ३२७ छात्रछात्राहरू अध्ययनरत छन् भने ११ जना शिक्षक तथा १२ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।
(क) विद्यापीठको भौतिक संरचना
हाल यस विद्यापीठको प्रशासनिक भवन, शिक्षण भवन, छात्रावास भवन, शिक्षक कर्मचारी आवास, प्राचार्य आवास, विद्यापीठको मूल र सहायक गेटमा चौ कीदार आवास, छात्रावासमा ५ कोठे भान्छाघर र ३ कोठे शौचालय रहेको तथा विद्यापीठको चारैतर्फको साँध सिमानामा पक्की पर्खाल निर्माण कार्य सम्पन्नतर्फ उन्मुख रहेको
छ ।
(घ) पुस्तकालय
यस विद्यापीठमा रहेको पुस्तकालयमा संस्कृततर्फ करिव ६००० र बी.एड तर्फ गरी १८०० जम्मा ७८०० पुस्तकहरू रहेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका उद्देश्यहरू