नेपाल संस्कृत विश्वविद्यालयले आफूअन्तर्गतका हरेक विद्यापीठमा अनुसन्धानकार्यहरू सुचारु भइरहून् भन्ने उद्देश्यले हरेक आङ्गिक विद्यापीठमा अनुसन्धान व्यवस्थापन समूहको गठन गरेको छ । यस विद्यापीठमा पनि शारदा विद्यापीठ अनुसन्धान व्यवस्थापन समूह गठन भएको छ र त्यसले विभिन्न अनुसन्धान गोष्ठीहरू सञ्चालन गरिरहेको छ । त्यही समूहको अग्रसरतामा विद्यापीठले वि.सं. २०८२देखि ‘शारदा’ विज्ञसमीक्षित अनुसन्धानात्मक पत्रिकाको प्रकाशन प्रारम्भ गरेको छ । यस पत्रिकालाई विद्यापीठले अनलाइनका माध्यमबाट र छपाइका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गर्ने भएको छ, जसअन्तर्गत यो पहिलो अङ्क यहाँ प्रस्तुत गरिएको छ ।