नेपाल संस्कृत विश्वविद्यालय

शारदा विद्यापीठ

महेन्द्रनगर, कञ्चनपुर

प्राचार्यको सन्देश

मानव र अन्य प्राणीहरूको भेद गर्ने आधारभूत विशेषता शिक्षा हो । यस ब्रह्माण्डमा आजको युग मानवद्वारा शासित, व्यवस्थित र अनुशासित गरिएको छ। मानव जातिमा शिक्षाको विकास कहिले देखि भयो यसको क्रम के हो भन्ने मा विद्वान्हषरूमा मत भिन्नता होला तर यस्मा कुनै मतभेद छैन कि सर्वप्रथम लिपि व्याकरण, दर्शन, साहित्य र विज्ञानको विकास पूर्वीय गोलार्धमा भयो । जसको मूल आधार संस्कृत हो । वेदहरू सवैभन्दा प्राचीन ग्रन्थहरू हुन् । पूर्वीय दर्शन तथा साहित्यका हजारौँ वर्षका इतिहासले यो प्रमाणित गर्दछ कि शिक्षाको विकासमा संस्कृत भाषाको सवैभन्दा अहम् भूमिका रहेको छ। योग, आयुर्वेद, प्राकृतिक चिकित्सा, वैदिक कृषि र ज्योतिष र पूर्वीय दर्शनले दिएका ती उपहारहरू हुन् जसको व्यावहारिक अनुसरणद्बारा मानव जीवनमा सुख मात्र हैन खुसी पनि उत्पन्न हुन्छ ।

पूर्वीय सभ्यताले "वसुधैव कुटुम्वकम्" को भावना वोकेकोले विश्वर शान्तीद्वारा मानव कल्याण यही सभ्यताको अनुसरण द्वारा प्राप्त हुनसक्छ ।

पौरस्य ज्ञानले आध्यात्मलाई भौतिकता भन्दा वढी महत्त्व दिन्छ ।पश्चिमा देशहरूले विज्ञानको क्षेत्रमा वढी विकास गरे पनि मानव कल्याणको लागि पूर्वीय दर्शन नै सर्वोत्तम हो भन्नेमा विश्वेस्त छन् ।अमेरिका जस्तो भौतिकतावादी देशमासमेत त्यहाँको संसदमा वेदका ऋचाहरूको पाठ भएको यदाकदा सुनिन्छ । यस्तो गहन महत्त्व र इतिहास वोकेको भाषाको विकासको लागि पूर्वीय दर्शन र सभ्यताको केन्द्र ऋषि मुनिहरुको तपोभूमि हाम्रो देशमा २०४३ सालमा संस्कृत विश्‍वविद्यालयको स्थापना गरियो। जसको उद्देश्य संस्कृत वाङ्मशयको विकास हो ।

नेपाल संस्कृत विश्वयविद्यालय अन्तर्गत २०४८ सालमा सुदूरपश्चिेम प्रदेशको भीमदत्त नगरपालिका -०४, कञ्च्नपुरमा शारदा विद्यापीठको स्थापना गरिएको हो ।शारदा विद्यापीठ यस प्रदेशको एकमात्र संस्कृत विद्यापीठ हो । यस विद्यापीठमा शास्त्रीतहको क वर्गीय विषयहरू नव्यव्याकरण, फलित ज्योतिष र साहित्यको अध्यापन हुन्छ भने ख वर्गीय विषयहरूमा नेपाली र अर्थशास्त्रको अध्यापन हुन्छ । साहित्यमा आचार्य तहको अध्यापन गर्ने गरी प्राज्ञिक परिषदले स्वीकृति दिएको छ भने शिक्षा शास्त्री (बी.एड.) को पनि अध्यापन हुने गर्दछ । बी.एड. अन्तर्गत नेपाली, अङ्ग्रेजी, समाजिक अध्यापन हुन्छ । नेपालको सामाजिक र प्रशासनिक विकासमा संस्कृत वाङ्म यले महत्त्वपूर्ण भूमिका खेलेको भएपनि हालका केही वर्षमा संस्कृत भाषा तथा साहित्यका अनुरागीहरूको उदासीनता तथा विविध सामाजिक राजनैतिक कारणले यस्को प्रगति अवरुद्ध भएको छ । त्यसैले यसको समुचित विकासको लागि संस्कृतानुरागी महानुभावमा सहयोग, सद्भा व तथा समर्थनको लागि आह्वान गर्दछु ।

--प्रा. हरिलाल जोशी
--प्राचार्य