नेपाल संस्कृत विश्वविद्यालय

शारदा विद्यापीठ

महेन्द्रनगर, कञ्चनपुर

Notice

सूचना !! सूचना !!! यस शारदा विद्यापीठ महेन्द्रनगर, कञ्चनपुरमा संस्कृत भाषा प्रशिक्षण कार्यक्रम (प्राक्शास्त्री) मा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि मिति २०८३ वैशाख २ देखि २०८३ वैशाख १५ गतेसम्म भर्ना खुला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नियमानुसार भर्ना भएका विद्यार्थीहरूको कक्षा सञ्चालन २०८३ वैशाख १६ गतेदेखि हुनेछ ।

परिचय

सुदूर पश्चिम प्रदेशको सीमान्त जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका वडानम्बर ४ महेन्द्रनगरमा यस क्षेत्रका अग्रणी शिक्षाप्रेमी, संस्कृत प्रेमी र बुद्धि जीवीहरूको सक्रियतामा वि.सं. २०४८ सालमा यस क्षेत्रकै प्रथम उच्च कोटिको संस्कृत अध्ययन अध्यापन गर्ने शैक्षिक संस्थाका रूपमा शारदा विद्यापीठ स्थापना भएको हो । यस विद्यापीठको स्वामित्वमा नगर विकास समितिले प्रदान गरेको ८ विघा ४ कट्टा जग्गा रहेको छ । प्रारम्भिक चरणमा व्याकरण र साहित्य विषय पठनपाठन भएको थियो । जसमा १६ जना छात्र छात्राहरूबाट सुरुवात भएको थियो । विद्यार्थीको बढ्दो चापलाई दृष्टिगत गरी २०५२ मा छात्रावासको निमार्ण भयो र शै.स २०५५ । ०५६ मा यस विद्यापीठमा शास्त्री तहको पठन-पाठन सञ्चालनमा आएको एवं वि.सं.२०५ ७ साल देखि एक वर्षे बी.एड् तह र वि.सं. २०६९ सालदेखि शास्त्री तहमा फलितज्यौतिष विषयको पठनपाठन समेत भइरहेको कुरा जानकारी गराउँदछौँ । हाल २०८० सालमा यस विद्यापीठमा शास्त्री तहमा २५ तथा एक वर्षे बी. एड् तहमा २९० र प्राक् शास्त्रीतर्फ १२ गरी जम्मा ३२७ छात्रछात्राहरू अध्ययनरत छन् भने ११ जना शिक्षक तथा १२ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

(क) विद्यापीठको भौतिक संरचना
हाल यस विद्यापीठको प्रशासनिक भवन, शिक्षण भवन, छात्रावास भवन, शिक्षक कर्मचारी आवास, प्राचार्य आवास, विद्यापीठको मूल र सहायक गेटमा चौ कीदार आवास, छात्रावासमा ५ कोठे भान्छाघर र ३ कोठे शौचालय रहेको तथा विद्यापीठको चारैतर्फको साँध सिमानामा पक्की पर्खाल निर्माण कार्य सम्पन्नतर्फ उन्मुख रहेको छ ।

(घ) पुस्तकालय
यस विद्यापीठमा रहेको पुस्तकालयमा संस्कृततर्फ करिव ६००० र बी.एड तर्फ गरी १८०० जम्मा ७८०० पुस्तकहरू रहेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका उद्देश्यहरू

  •  नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठन–पाठन गराई दक्षजनशक्ति उत्पादन गर्ने,
  • संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’जस्ता उदात्त भावना प्रवाहित गराउने,
  •  नेपालमा अति प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत् आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने,
  •  सामाजिक आश्यकताअनुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञान–विज्ञानका पक्षहरूलाई उजागर गर्ने,
  •  प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्य–मान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने,
  • विश्वविद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रका रुपमा विकसित गर्ने ।

सूचना

View All

डाउनलोड

View All

छात्रसुविधा

  • छात्रवृत्ति: (scholarship)
  • पुरस्कारः (Prize Awards )
  • छात्रावासः (Boys Hostel)
  • पुस्तकालयः (Library)
  • खेलकुर्दनम्: (sports)
View All